माल्टा पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ

असोज १७-काठमाडौं, माल्टा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा तनहुँ व्यास नगरपालिका-१२ वतन भई हाल काठमाडौं थानकोट बस्ने २९ वर्षीय रन्जन पाण्डेलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको  छ ।

पाण्डेले  ४  जनालाई वैदेशिक रोजगारका लागि माल्टा पठाई फुड डेलिभरीमा १ लाख रुपैयाँभन्दा बढी तलवमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटकपटक गरी ६ लाख रूपैयाँ लिई सम्पर्क बिहीन भई ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले उनलाई काठमाडौं महानगरपालिका-२६ सामाखुसीबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्