काठमाडौंमा एक युवकलाई अपहरण गरेर बनाइयो बन्धक, दुई जना पक्राउ

असोज १७-काठमाडौं, एक युवकलाई अपहरण गरेर बन्धक बनाएर राखेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा काभ्रेको तेमाल गाउँपालिका–५ घर भइ बौद्ध बस्ने अन्दाजी ३६ वर्षीय आशलाल लामा र काभ्रेको रोशी गाउँपालिका–६ घर भइ सामाखुसी बस्ने अन्दाजी ३३ वर्षीय भोज लामा छन्।

उनीहरुले काभ्रेको तेमाल गाउँपालिका–७ घर भइ भक्तपुरको राधे राधे बस्ने अन्दाजी २५ वर्षीय देबसिंह लामालाई अपहरण गरी गोंगबुमा बन्धक बनाएर राखेका थिए।

गोंगबुको द बर्गर हाउसमा बन्धक बनाएर राखेको अवस्थामा इन्सपेटक्र राजन ढकालको कमाण्डमा खटिएको टोलीले लामालाई उद्धार गर्नुका साथै दुई जनालाई पक्राउ गरेको हो।

प्रहरी स्रोतका अनुसार उनीहरुले बोधिचित्तको माला लुटपाट गर्नका लागि लामाको अपहरण गरेको खुलेको छ। पक्राउ परेका दुई जनाविरुद्ध जिल्ला अदालत काठामाडौंबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ।

प्रतिक्रिया दिनुहोस्