राजश्च छलिका ८० थान मोबाइलसहित एक जना पक्राउ

असोज १६-काठमाडौं महानगरपालिका-२२ न्यूरोडबाट राजश्व छलिका विभिन्न कम्पनिको ८० थान मोबाइलसहित काठमाडौं कागेश्वरी मनहरा नगरपालिका-७ बस्ने रामेछाप लिखु गाउँपालिका-६ घर भएका २९ वर्षीय मिलन श्रेष्ठलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

न्यूरोड क्षेत्रमा राजश्व छलिका मोबाइल लुकाई राखेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले श्रेष्ठलाई उक्त मोबाइल र बा.१९ च ५०९४ नम्बरको गाडीसहित पक्राउ गरेको हो ।

उनलाई आवश्यक कार्वाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचर काठमाडौं पठाइएको   छ ।

प्रतिक्रिया दिनुहोस्