अनमोल केसीलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

असोज १४-काठमाडौं, कलाकार अनमोल केसीलाई जिल्ला अदालत काठमाडौंले ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । आइतबार जिल्ला अदालत काठमाडौँका न्यायाधीश कृष्ण प्रसाद सुवेदीले केसीलाई थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएका हुन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सोमेन्द्र सिंह राठौरका अनुसार केसीलाई शुक्रबार पक्राउ गरिएको हो। शनिबार सार्वजनिक बिदा भएकाले उनलाई आज अदालतमा उपस्थित गराइएको हो। तीन दिन म्याद पाएकाले केसीलाई सोमबार पुन : अदालतमा उपस्थित गराउनुपर्नेछ।

फिल्म सम्झौता गरेर नखेलेको भन्दै उनीविरुद्ध ‘रावायण’का निर्माता सुप्रिया कटुवालले प्रहरीमा उजुरी दिएकी थिइन्। सोही उजुरीको आधारमा अभिनेता केसीलाई पक्राउ गरिएको एसएसपी राठौरले बताए। उक्त फिल्म सुदर्शन थापाले निर्देशन गर्दै थिए। आपराधिक विश्वासघात गरेको कसुरमा प्रहरीले अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्