रोल्पामा जेसीबी दुर्घटना हुदा दाङका एक जनाको मृत्यु

असोज १४-रोल्पा,  रोल्पामा जेसीबी दुर्घटना हुदा दाङका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङको राप्ती गाउँपालिका ३ मसुरीयाका सहचालक अमृत चौधरी रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख एवम् डिएसपी श्याम शारुमगरले जानकारी दिनुभएको छ । दाङबाट रोल्पाको लिबाङका लागि छुटेको रा १ ज ११८७ नम्बरको जेसीबी रोल्पा नगरपालिका १ भदौरे मन्दिर नजिक दुर्घटना भएको प्रहरीले जनाएको छ ।

जेसीबी चालक अन्दाजी २५ वर्षका सोही ठाउँ निवासी सुमन चौधरी भने सामान्य रहेको प्रहरीको भनाई छ । ओरालोमा ब्रेक फेल भएर दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्