करेन्ट लागेर एक जनाको मृत्यु

असोज १२-नवलपरासी, नवलपरासी पश्चिममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । विद्युतको खम्बामा बलिरहेको बत्ती निभाउने क्रममा करेन्ट लागेर आज बिहान रामग्राम नगरपालिका–७ का जयप्रकाश यादवको मृत्यु भएको हो । उहाँलाई उजैनीमा रहेको खम्बाको बत्ती निभाउने क्रममा करेन्ट लागेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रेशम बोहराले बताउनुभयो ।

\करेन्ट लागेका यादवलाई उपचारका लागि पृथ्वीचन्द्र अस्पतालमा ल्याइएको थियो । उहाँको उपचारका क्रममा मृत्यु भएको हो । यादवलाई करेन्ट लागेको ठाउँमा वाइफाइ तथा अन्य तार भूइँसम्म लत्रिएको अवस्थामा भेटिएको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्