कञ्चनपुरबाट २ किशोरीको उद्धार

असोज १२-कञ्चनपुर, कञ्चनपुरबाट २ किशोरीको उद्धार गरिएको छ। जिल्लाको बेलौरी नगरपालिकाबाट २ किशोरीको उद्धार गरिएको हो।

बेलौरी– १ बस्ने उनीहरूमध्ये एकजनाको उमेर १४ र अर्कीको उमेर १३ वर्ष रहेको बताइएको छ। प्रहरीले शंकाको अधारमा सोधपुछ गर्दा दुवैले भारत हुँदै कोरिया जान लागेको बताएका थिए। कसैबाट ठगिएको अथवा झुक्काइएको हुनसक्ने भन्दै प्रहरीले दुवैजनालाई उद्धार गरि आफन्तको जिम्मा लगाएको छ।

प्रतिक्रिया दिनुहोस्