मोटरसाइकलमा आगजनी गरेको अभियोगमा पक्राउ

असोज १०-घोराही उपमहानगरपालिका-१८ पुष्पाञ्जली टोल बस्ने बिराज चौधरीको रा.२ प १५९३ नम्बरको मोटरसाइकलमा आगजानी गरेको अभियोगमा सोही उपमहानगरपालिका-१० सौडिकुला बस्ने ३२ वर्षीया मिना चौधरीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

लेनदेनको बिषयलाई लिएर चौधरीले उक्त मोटरसाइकलमा आगो लगाएको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले स्थानीयबासी र दमकलको सहयोगमा मोटरसाइकलमा लागेको आगो नियन्त्रणमा लिएको थियो । आगजनीबाट मोटरसाइकल जलेर नष्ट भएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्