९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

असोज १०-दाङ, ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा घोराही उपमहानगरपालिका-१४ भेटनरी बस्ने ४० वर्षीय टेक बहादुर विकलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

विकले ती बालिकालाई सोमबार दिउँसो जबरजस्ती करणी गरी फरार रहेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्