जबरजस्ती करणी र सामूहिक करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

असोज ८-काठमाडौं, जबरजस्ती करणी र सामूहिक करणी मुद्दाका फरार प्रतिवादी चितवन भरतपुर महानगरपालिका-८ गौरीगंज घर भएका ५८ वर्षीय अमरेश कडेललाई घटनाको १६ वर्षपछि सोमबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत ललितपुरको २०६५ फागुन ४ गतेको फैसलाले जबरजस्ती करणी मुद्दामा ५ वर्ष कैद र सामूहिक करणी मुद्दामा ५ वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान व्यूरो  महाराजगंजबाट खटिएको प्रहरीले उनलाई उनकै घर ठेगानाबाट पक्राउ गेरको हो । मादक पदार्थ सेवन गरी ललितपुर साविक ठैव गाविस-८ लिन्टिकल सेन्टर प्रालिको क्यान्टिनमा नास्ता बनाउने नाबालिकालाई २०६४ पुस ५ गते साँझ जबरजस्ती करणी र सामूहिक करणी गरेको मुद्दामा अदालतले उक्त फैसला गरेको  थियो ।

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत चितवनमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानका लागि कारागार कार्यालय चितवन पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्