ढाड दुखेर अस्पताल गएकी एक महिलाको उपचारकै क्रममा मृत्यु

असोज ७-तुलसीपुर, दाङको तुलसीपुरमा सामान्य ढाड दुखेर अस्पताल गएकी एक महिलाको उपचारकै क्रममा मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका ५ बस्ने ४५ वर्षीय सिता जैसी बिकलाई गत शुक्रबार बिहान ढाड दुख्ने समस्या भएको थियो । त्यसपछी उहालाई उपचारका लागी परिवारका सदस्यले तुलसीपुरको दोघरेमा रहेको योगेश मेडिकल हलमा लगेका थिए ।

अस्पताल पुगे लगत्तै डाक्टरले विरामीको शरिरमा औषधी चडाए । त्यसको केही समय पछी उहाँ छटपटाउन थाल्नुभयो । त्यसपछी उहाँलाई तत्काल प्रादेशिक अस्पतालमा लग्न चिकित्सकले आग्रह गरेपछी राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पुर्याइएको थियो । तर, प्रादेशिक अस्पतालमा पुगे लगत्तै उहालाई चिकित्सकले मृत घोषणा गरेको मृतकका छोरा कृष्ण जैसीले बताउनुभयो । ‘बिहान राम्रै अवस्थामा अस्पताल गएपनी डाक्टरको लापरवाहीले गर्दा आमालाई गमाउनु परेको उहाको भनाई छ ।’ यता योगेश मेडिकलका सञ्चालक दिपक वलीले भने विरामीकै शरिरको आन्तरिक समस्याका कारण मृत्यु भएको बताउनुभएको छ ।

मेडिकलमा आउदा विरामी काप्दै आएको भन्दै उहाँले यस्ता विरामीले तत्काल उपचार नपाए ज्यान जाने खतरा हुने भएकाले उहाँलाई पनी त्यसै भएको हुनसक्ने सञ्चालक वलीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्