अवैध लागूऔषधसहित पक्राउ

असोज ७-काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ स्थित चेक प्वाईन्टमा जाँच गर्ने क्रममा झापा बिर्तामोड नगरपालिका-८ बस्ने २९ वर्षीय टंक बहादुर मगरलाई अवैध लागूऔषध खैरो हिरोईन जस्तो पदार्थ ९ ग्रामसहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गा र लागू औषध नियन्त्रणको संयुक्त टोलीले बा.प्र ०३-००१ख २५१३ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई पक्राउ गरेको हो ।

कैलाली, लम्की चुहा नगरपालिका-१० सुतैयाबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ करिब ३ सय २० मिलिग्रामसहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २० वर्षीय दिपक चौधरी र २७ वर्षीय भुवन चौधरी रहेका छन् । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

इलाम, माई नगरपालिका-४ लखनचोकबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ४.०८ मिलिग्रामसहित सोही नगरपालिका-४ शुक्रबारेबजार बस्ने २४ वर्षीय चिरञ्जिवी बस्नेतलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी चौकी दानाबरीबाट खटिएको प्रहरीले शंकास्पद रुपले हिडिँरहेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यी  घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्