करेन्ट लागेर एक पुरुषको मृत्यु

असोज ६-तनहुँ, तनहुँको ब्यास नगरपालिकामा करेन्ट लागेर एक पुरुषको शुक्रबार मृत्यु भएको छ । नगरपालिकाको वडा नंम्बर ११ मुलपानी बस्ने ५२ वर्षीय वीरबहादुर तामाङ आफ्नै घरको बिजुलीको तार मिलाउने क्रममा करेन्ट लागी घाइते भएका थिए ।

उनलाई तत्काल उपचारको लागि जिल्ला अस्पताल दमौली तनहुँमा ल्याएकोमा उपचारको क्रममा साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिनुभयो । उक्त घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्