असोज ६-विश्व बैंकले नेपालाई साढे दुई अर्ब रुपैयाँ अनुदान दिने भएको छ । नेपालको कृषि र पोषण क्षेत्रका लागि विश्व बैंकले दुई करोड अमेरिकी डलर (दुई अर्ब ६५ करोड रुपैयाँ) अनुदान सहयोग दिने भएको हो ।
विश्व बैंकले दिएको उक्त अनुदान सहयोग खाद्य तथा पोषण सुरक्षा वृद्धि परियोजनाका लागि खर्च गरिनेछ । परियोजनाले १६ गाउँपालिकाका ५५ हजार किसान लाभान्वित हुनेछन् ।
एसियाली विकास बैंकले सवा १३ अर्ब सहुलियत ऋण दिने
एसियाली विकास बैंक (एडिबी)ले नेपाललाई सवा १३ अर्ब रुपैयाँबराबरको सहुलियतपूर्ण कर्जा दिने भएको छ । नेपालको वित्तीय व्यवस्थापन तथा विकेन्द्रीकरणमा सहयोग गर्न एडिबीले १० करोड अमेरिकी डलर (१३ अर्ब २६ करोड) सहुलियतपूर्ण कर्जा दिने भएको हो ।
उक्त ऋण सार्वजनिक वित्तीय व्यवस्थापन मजबुद बनाउन, सेवा प्रवाह विकास, संरचनागत वित्तीय हस्तान्तरण, खर्च र ऋण व्यवस्थापनलगायतमा खर्च गरिनेछ ।एडिबीको यो सहयोग कार्यक्रमले पुँजीगत खर्चलाई प्रभावकारी, परिणामुखी, सार्वजनिक संस्थाहरूको सुधार, वित्तीय जोखिम घटाउन, वित्तीय पारदर्शिता र प्रभावकारिता बढाउन प्रविधीकरण गर्न प्रयोग हुने एडिबीका सार्वजनिक व्यवस्थापन अर्थशास्त्री चन्दन सापकोटाले बताए ।
प्रतिक्रिया दिनुहोस्