जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

असोज ५ -कैलाली, गोदावरी नगरपालिका-४ बास्कोटा बस्ने लोक बहादुर खड्काको पसलमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-४ बस्ने ५५ वर्षीय मनिराज महतासमेत ५ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २० हजार ५ सय ७० रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।

डडेल्धुरा, पर्शुराम नगरपालिका-४ कटाल बस्ने टेक बहादुर बोहराको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-४ बस्ने ५२ वर्षीय करन देब ओझा समेत ६ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

बोहराको घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १५ हजार ५ सय १५ र ३ गड्डी ताससहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्