नेपाल पाकिस्तानसँग पराजित

असोज ४-घरेलु मैदानमा सुरू भएको यू-१९ साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाल पराजित भएको छ।

दशरथ रंगशालामा भएको खेलमा नेपाल पाकिस्तानसँग १-० गोलअन्तरले पराजित भएको हो । खेलको मध्यान्तर अघिसम्म दुवै टोलीबाट गोल नभएपनि ७७औं मिनेटमा पाकिस्तानका अलि जफरले गोल गर्दै जित दिलाएका हुन् ।

 

यसअघि बिहीबार नै भएको पहिलो खेल भारतले बंगलादेशलाई ३–० गोल अन्तरले पराजित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्