खाल्डोमा जमेको पानीमा डुबेर बालिकाको मृत्यु

असोज ४-बाँके, बाँकेमा पानी जमेको खाल्डोमा डुबेर एक बालिकाको मृत्यु भएको छ।

बिहीबार नरैनापुर गाउँपालिका वडा नं ४ पण्डितपुरवास्थित हुलाकी सडकखण्डको छेउमा रहेको खाल्डोमा जमेको पानीमा डुबेर बालिकाको मृत्यु भएको हो।

स्थानीय नौ वर्षीया खुसनुमा सल्मानीको पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्