मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

असोज ४-रौतहट, मोटरसाइकलको ठक्करबाट रौतहटको कटहरियामा एकजना महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा कटहरिया ५ बहादुरपुरकी २५ वर्षीया रिता देवी सरभङ रहेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ओमप्रकाश खनालले बताए ।

देवाहि गोनाही ५ का २३ वर्षीय राजाबाबु यादवले चलाएको ना ५५ प ९५७८ को १५० सिसी पल्सर मोटरसाइकलको ठक्करले सरभङको ज्यान गएको डिएसपी खनालले जानकारी दिए।

घटनाबारे थपअ नसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्