बिहीबार शेयर बजारमा हरियाली

असोज ४-कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजारमा हरियाली छाएको छ । कारोबारको अघिल्लो दिन ४ अंकले बृद्धि भएको शेयर बजार आज ४४.३४ अंकले बढेर २०२९ को विन्दुमा कायम भएको छ ।

शेयर बजार बढेसँगै आजदेखि कारोबारमा आएको सन नेपाल लाइफको सबैभन्दा बढी शेयर खरिद बिक्री भएको छ । आज मात्रै कम्पनीको २० करोड १८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।त्यस्तै, रिलायबल नेपाल लाइफको १३ करोड, शिवम् सिमेन्टको १० करोड, लाभांश घोषणा गरेको एनआईसी एशिया बैंकको नौ करोड रुपैयाँको कारोबार भएको छ ।

आज एनआईबिएल ग्रोथ फण्डको शेयरमूल्य सर्वाधिक ४.०७ प्रतिशतले घटेको छ । अभियान लघुवित्तको ३.९८, एनआईबिएल प्रगति फण्डको २.५८ प्रतिशतले घटेको छ । त्यस्तै आज एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड–२, आरबीबी म्युचुअल फण्ड–१, सिभिल बैंक डेबेन्चर २०८८ लगायतका कम्पनीको शेयरमूल्य सर्वाधिक घटेको छ ।

प्रतिक्रिया दिनुहोस्