६५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

भदौ ३०-दाङ, ६५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा शान्तिनगर गाउँपालिका-१ बनखेत बस्ने ५३ वर्षीय कुल बहादुर बिकलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

बिकले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय खिलतपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्