हत्या गरेको अभियोगमा पक्राउ

भदौ ३०-रौतहट, कटहरिया नगरपालिका-५ सपहिमाई मन्दिर बस्ने ३२ वर्षीय सुनिल यादवको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २५ वर्षीय बद्रि साहलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

सोही ठाउँ बस्ने ५० वर्षीय रामबाबु साहलाई सुनिलको छोराले जिस्काएको, धुलो माटो छर्किदिएको विषयलाई लिएर विवाद हुँदा रामबाबु साहको छोरा बद्रि साहले धारिलो हतियार प्रहार गर्दा गम्भीर घाइते भएका सुनिलको प्राथमिक स्वास्थ्य केन्द्र कटहरियामा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कटहरिया र ईलाका प्रहरी कार्यालय गरूडाबाट खटिएको प्रहरीले बद्रिलाई पक्राउ गरेको हो । साथै थप अनुसन्धानको लागि उक्त झै-झगडामा संलग्न रामबाबु समेत ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्