गाँजासहित तीन जना पक्राउ

भदौ २९-मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१० बसपार्कबाट अवैध लागूऔषध गाँजा ६ केजीसहित सहित ३ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पर्सा गढी नगरपालिका-९ टाँगा बस्ने ३० वर्षीय संजय भन्ने अमिर लाल प्रसाद यादव, ४५ वर्षीय जंग बहादुर पासवान र  ३२ वर्षीय मनोज यादव रहेका छन् ।

बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले जाँच गर्दा उनीहरुलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्