भदौ २९-कास्की, चोरी गरेको अभियोगमा नगद २ हजार नेपाली रुपैयाँ र ७ हजार ३ सय ९० बंगलादेशी टाकासहित पोखरा महानगरपालिका-२८ देउमारी बस्ने १९ वर्षीय विशाल जिसी समेत ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
सोही ठाउँस्थित बंगलादेशी नागरिकको जेसिसि रिसोर्टको कोठाबाट नगद ७५ हजार नेपाली रुपैयाँ, ३० हजार बंगलादेशी टाका र २ सय अमेरिकी डलर चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय शिशुवाबाट खोजी तथा अनुसन्धानमा खटिएको प्रहरीले उनीहरुलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्