२६ लाख बढी मुल्यका तस्करीको सामान जफत, एक जना पक्राउ

भदौ २८-धनगढी, कैलालीको धनगढीबाट २६ लाख बढी मुल्य बराबरको तस्करीको सामान प्रहरीले जफत गरेको छ।

बिहीवार कञ्चनपुरको दोधरा–चाँदनी नगरपालिका–९ का ४० वर्षीय राहुल सिलवालसहित अबैध सामान प्रहरीले जफत गरेको हो। भारतबाट आयात गरिएको सो सामान ना ५ ख ४७३२ नंम्बरको बसमा फेला परेको थियो। बसलाई धनगढी उपमहानगरपालिका–३ भन्सारबाट नियन्त्रणमा लिएको हो।

 

बसमा २६ लाख ६६ हजार मुल्य बराबरको सामान फेला परेको हो। विहिबार करिब ९ बजे प्रहरी चौकी त्रिनगरबाट खटिएको टोली जिल्ला प्रहरी कार्यालय कैलालीबाट मोटरसाइकलमा गएको गस्ती टोलीले बस, अबैध सामान र संलग्न व्यक्तिलाई नियन्त्रणमा लिएको हो।

बसभित्र भारतबाट लुकाएर ल्याउँदै गरेको मोवाइल पार्ट, नक्कली गरगहना, कर्क, ब्याट्री र ईन्भटर लगायतका गरी २६ लाख ६६ हजार मुल्य बराबरका अबैध सामान प्रहरीले नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिएको बस छोडिएको छ भने सामान, संलग्न व्यक्तिलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय चलान गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्