भदौ २८-डडेल्धुरा, डडेल्धुरामा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। भीमदत्त राजमार्ग अन्तरगत डडेल्धुराको आलिताल गाउँपालिका–१ मेलखमा अटोरिक्सा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो। एक जना घाइते भएका छन्।
बुधवार राति ९ः३० बजे अटोरिक्सा दुर्घटना हुँदा २६ वर्षीय अटोचालक दिपक बलायर र २६ वर्षीय केशव महराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। घाइते हुनेमा वीरबहादुर कुँवर रहेका छन्।
प्रतिक्रिया दिनुहोस्