अल्वानिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ

भदौ २६-काठमाडौ, अल्वानिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-९ सिनामंगल बस्ने झापा बिर्तामोड नगरपालिका-४ घर भएकी २५ वर्षीया सुधा चौधरीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

वैदेशिक रोजगारमा अल्वानिया जानको लागि ८ लाख रुपैयाँ लाग्छ र त्यहाँ पुगेपछि प्यकिङमा मासिक ७२ हजार रूपैयाँ भन्दा बढी तलब हुने काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी २ लाख ७२ हजार रूपैयाँ लिई सम्पर्क बिहीन भई ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचाल काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्