जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

भदौ २६-मोरङ, आठ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सुन्दरहरैचा नगरपालिका-३ आईतबारे बस्ने ४८ वर्षीय साईला भन्ने जित बहादुर तामाङलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

ती बालिकालाई भदौ १७ गते बिहान तामाङले जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी गछियामा खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्