बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाह चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५० ग्रामसहित दाङ घोराही उपमहानगरपालिका-११ बस्ने २५ वर्षीय संजय नेपालीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंज र ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
मोरङ, विराटनगर महानगरपालिका-१५ स्थित एक नम्बर ढाटबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ २ ग्राम ४४ मिलिग्रामसहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सप्तरी शम्भुनाथ नगरपालिका-६ बस्ने १९ वर्षीय शिवम गुप्ता र विराटनगर महानगरपालिका-१४ बस्ने २५ वर्षीय शिब कुमार राम रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका शिवमलाई २ ग्राम ८ मिलिग्राम र शिबलाई ३६ मिलिग्राम उक्त पदार्थसहित पक्राउ गरेको हो ।
धादिङ, धुनीबेशी नगरपालिका-८ खानिखोलास्थित त्रिभुवन राजपथबाट अवैध लागूऔषध गाँजा करिब ६ सय ५० ग्रामसहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काभ्रे रोशी गाउँपालिका-८ घर भई काठमाडौं चन्द्रागिरी नगरपालिका-१४ थानकोट बस्ने २३ वर्षीय जिवन लामा र काठमाडौं महानगरपालिका-१४ कलंकी बस्ने २२ वर्षीय कमल श्रेष्ठ रहेका छन् । ईलाका प्रहरी कार्यालय खानिखोलाबाट खटिएको प्रहरीले बा.प्र.०२५ प ०५१२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
झापा, झापा गाउँपालिका-२ झापा बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ ग्राम ५ सय मिलिग्रामसहित भारत किसनगञ्ज महमारी धनतोला पन्चायत बस्ने २६ वर्षीय असरफुल हकलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय कुमारखोदबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यसैगरी झापा, बिर्तामोड नगरपालिका-१ कन्चनजंघा टोलबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्रामसहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँस्थित बिमला होटल एण्ड लज संचालन गरी बस्ने मेचिनगर नगरपालिका-१२ घर भएकी ४० वर्षीया बिमला मोक्तान र भद्रपुर नगरपालिका-७ घर भएका २९ वर्षीय रूजन चौधरी रहेका छन् । बिमलाले लागूऔषध कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले होटल तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
बर्दिया, बढैयाताल गाउँपालिका-८ कण्ठपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ९० मिलिग्रामसहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका-२ बस्ने २४ वर्षीय पदम सुनार र बर्दिया बढैयाताल गाउँपालिका-८ बस्ने २७ वर्षीय राज कुमार नेपाली रहेका छन् । भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थसहित पक्राउ गरेको हो ।
सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्