भदौ २३-मोरक्कोमा गएको शक्तिशाली भूकम्पका कारण कम्तीमा २९६ जनाको ज्यान गएको छ । मध्ये मोरक्कोको हाइ एट्लस माउन्टेन्स केन्द्रबिन्दु भएर ६.८ म्याग्निच्युडको भूकम्प गएको हो ।
जुन माराकेसबाट ७१ किलोमिटर दक्षिण पश्चिममा पर्छ। यूएस जिओलोजिकल सर्भेले त्यसको गहिराई १८.५ किलोमिटर रहेको उल्लेख गरेको छ।
स्थानीय समय अनुसार राति ११ बजेर ११ मिनेटमा भूकम्प गएको बीबीसीले जनाएको छ ।
त्यसको १९ मिनेटपछि ४.९ म्याग्निच्युडको परकम्प मापन गरिएको थियो ।
भूकम्पका कारण कयौं घर तथा भवनहरू भत्किएका छन् ।
प्रतिक्रिया दिनुहोस्