जबरजस्ती करणी गरेको अभियोगमा ३ जना पक्राउ

भदौ २२-उदयपुर, ३४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सुनसरी बराहाक्षेत्र नगरपालिका-२ बस्ने ३१ वर्षीय राजेश तामाङलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । तामाङले ती महिलालाई उदयपुर बेलका नगरपालिका-८ धोपास्थित पाखा बारीमा लगेर बुधबार साँझ जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

झापा, २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको र ११ वर्षीया बालिकालाई बालयौन दुरूपयोग गरेको अभियोगमा बुद्धशान्ती गाउँपालिका-३ किनारा बस्ती बस्ने ७३ वर्षीय होम बहादुर बिश्वकर्मालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बिश्वकर्माले सोमबार दिउँसो ११ वर्षीया बालिकालाई ललाई फकाई पीडितकै घरमा बालयौन दुरुपयोग गरेको र भदौ १५ गते दिउँसो २४ वर्षीया महिलालाई डर त्रास देखाई जबरजस्ती करणी गरेको उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

कञ्चनपुरमा जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ परेका छन्।

जिल्लाको बेलौरी नगरपालिका–२ का २५ वर्षीय  कञ्चन चौधरीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। चौधरीलाई ३५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा उनकै घरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।

चौधरीले भदौ २० गते राती ति महिलाको घरमा गई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बेलौरीको प्रहरीले उनलाई पक्राउ गरेको हो।

यि सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको ।

प्रतिक्रिया दिनुहोस्