जवरजस्ती करणी गरेको आरोपमा डाक्टर राई पक्राउ

भदौ २०-मकवानपुर, महिलालाई जवरजस्ती करणी गरेको आरोपमा मकवानपुरको हेटौंडाबाट १ जना डाक्टर पक्राउ परेका छन् । महिलालाई आफ्नै कोठामा जवरजस्ती करणी गरेको आरोपमा हेटौंडा १ स्थित हेटौंडा सिटी अस्पतालमा कार्यरत डाक्टर बसिम राईलाई मकवानपुर प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौं बुढानिलकण्ठ घरभइ हाल हेटौंडा–१ स्वर्गलोकमा हेटौंडा सिटी अस्पताल सञ्‍चालन गर्दै आएका ३६ वर्षका राईले ३१ वर्षकी महिलालाई जबरजस्ती करणी गरेको आरोप लागेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार आफ्नै अस्पतालमा कार्यरत एक जना महिला पूर्वकर्मचारीलाई १८ गते राति जवरजस्ती करणी गरेको भन्दै पीडित महिलाले राईविरुद्ध जाहेरी दिएकी थिइन् । महिलाले उजुरी दिएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

मकवानपुर जिल्ला अदालतबाट डाक्टर राईलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति लिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्