दाङमा बालिकालाई बलात्कार गरेको आरोपमा एक बालक पक्राउ

भदौ २०-भालुवाङ,  दाङको देउखुरीमा बालिकालाई बलात्कार गरेको आरोपमा एक बालकलाई पक्राउ गरेको छ ।

राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङ गौतमबुद्ध टोल निवासी ७ बर्षिया बालिकालाई बलत्कार गरेको आरोपमा सोही टोल निवासी १६ वर्षिय बालकलाई मंगलवार ईलाका प्रहरी कार्यालय भालुवाङले पक्राउ गरेको छ । गत भदौ १५ गते ती बालिकालाई बालकले एकान्त ठाउँमा लगेर बलात्कार गरेको ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरिक्षक उज्जवल सिंहले जानकारी दिनुभयो । घटना भदौ १५ गते भएपनि भदौ १७ गते राति मात्र ती बालिकाले गुप्ताङ सा¥है दुखेको आफ्नी माईजुलाई भनेपछि घटना सार्वजनिक भएको हो ।

घटना बाहिरिए पछि पिडित परिवारले भदौ १७ गते प्रहरीमा उजुरी दिएका थिए । प्रहरीले जाहेरी मंगलवार दर्ता गरी मंगलवारनै ती बालकलाई पक्राउ गरेको प्रहरी निरिक्षक सिंहले बताउनुभयो । पक्राउ परेका बालकलाई बुधवार अदालत बन्द हुने भएकाले विहिवार अदालतबाट म्याद थप गरि अनुसन्धान प्रक्रियालाई अगाडी बढाउने प्रहरी निरिक्षक सिंहले बताउनुभयो । बालिकाको स्वास्थ्य परिक्षणका लागि घोराही स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएको प्रहरी निरिक्षक सिंहले बताउनुभयो । बालिकाको बुवाआमा मजदुरीका लागि देश बाहिर रहेकाले उनी आफ्ना अपाङ्ग हजुरबुवा हजुरआमाको संरक्षणमा बस्दै आएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्