जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

भदौ १७-ललितपुर, १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा गोदावरी नगरपालिका-२ बस्ने ३६ वर्षीय सुजन नगरकोटीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

नगरकोटीले ती किशोरीलाई बिहीबार दिउँसो सोही नगरपालिका-२ त्रिवेणीस्थित जङ्गलमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी प्रभाग लाकुरी भञ्याङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

 

दाङ, १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गढवा गाउँपालिका-१ चिसापानी बस्ने ४० वर्षीय राम बहादुर खनाललाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

राप्ती गाउँपालिका-२ लालमटियास्थित आदर्श नमुना माध्यमिक विद्यालयमा कार्यालय सहयोगी तथा सह-चालकको रूपमा कार्यरत खनालले भदौ ४ गते दिउँसो ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरीले खनाललाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्