जुम्लाको सिंजामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

भदौ १७-जुम्ला, जुम्लाको सिंजामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

कनकासुन्दरी गाउँपालिका-४ गोडिज्यूलाबाट मुगु जाँदै गरेको भे १ ज १०९९ नम्बरको जीप आइतबार बिहान दुर्घटना भएकाे इलाका प्रहरी कार्यालय, हाडसिँजाले जनाएकाे छ।

प्रहरीका अनुसार जीप सडकबाट करिब तीन सय मिटर तल खसेको थियाे।

जीपमा चालक र सहचालक मात्रै रहेकाे प्रहरीले जनाएकाे छ।

दुवैजनाकाे सनाखत हुन सकेकाे छैन। घटनाकाे विस्तृत विवरण आउन बाँकी नै छ।

प्रतिक्रिया दिनुहोस्