हेटौडाको सामुदायिक वनमा मानव कंकाल फेला

भदौ १५-मकवानपुर, हेटौडा उपमहानरपालिका वडा नम्बर १४ नयाँ वस्तीमा मानव कंकाल फेला परेको छ । हेटौंडा–१४ स्थित भविष्य सामुदायिक वनको झाडीमा कंकाल फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

टुक्रिएको अवस्थामा मानव टाउको, हात खुट्टा लगायतको अस्थिपजंर फेला परेको हो । मानव कंकाल देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

घटनास्थलमा पुरुष कपडा भेटिएकोले प्रारम्भिक अनुसन्धानबाट पुरुष अस्थिपंजर हुन सक्ने प्रहरीको अनुमान छ । उक्त स्थानमा प्रहरी पुगेर मुचुल्का उठाउने कार्य भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्