महिला टी–ट्वान्टी विश्वकप छनोटमा नेपालले बहराइनलाई १० विकेटले हरायो

भदौ १५-काठमाडौ, नेपालले ट्वान्टी ट्वान्टी महिला विश्वकप क्रिकेटको छनोटमा बहराइनलाई १० विकेटले हराएको छ । मात्र ३१ रनको लक्ष्य नेपालले २ ओभर ५ बलमा कुनै विकेट नगुमाई भेट्टाएको हो । नेपालका कविता कुँवरले १७ र सीता राना मगरले २ रन बनाउनुभयो । नेपालले १३ रन अतिरिक्त पाएको थियो । नेपालले यसअघि बिहीबार घरेलु टोली मलेसियालाई ५ रनले हराएको थियो ।

 

प्रतियोगितामा नेपाल मलेसियार र बहराइनसहित भुटान, कतार र युएई गरी ६ टोली समूह ‘ए’ मा छन् । समूह ‘बी’ मा ५ टोली छन्। प्रतियोगिताको शिर्ष दुई टोली विश्व छनोटमा पुग्नेछन्। यी १० टोलीमध्ये पनि शिर्ष २ टोलीले विश्वकप क्रिकेटमा स्थान बनाउने छन् । विश्वकप महिला क्रिकेट सन् २०२४ मा बंगलादेशमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्