नक्कली नोटसहित पक्राउ

भदौ १५ -मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ चुरीयामाई मन्दिर नजिकबाट रौतहट कटहरीया नगरपालिका-६ बस्ने १९ वर्षीय धर्मेन्द्र महरा र सोही नगरपालिका-१ बस्ने २१ वर्षीय दिपेश दासलाई १ हजार दरका ९५ थान नक्कली नोटसहित बिहीबार राति प्रहरीले पक्राउ गरेको गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले धर्मेन्द्र र दिपेशलाई उक्त नक्कली नोटसहित नियन्त्रणमा लिई थप अनुसन्धानको क्रममा संलग्नता खुल्न आएका राक्सिराङ गाउँपालिका-२ बस्ने ४० वर्षीय बिजय तामाङलाई समेत पक्राउ गरेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्