पेट्रोलको मूल्य प्रतिलिटर १८२ रुपैयाँ पुग्यो

भदौ १५-नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएसँगै सरकारको आलोचना भएको छ  । निगमले बिहीबार पेट्रोल प्रतिलिटर चार, डिजेल र मट्टितेल प्रतिलिटर तीन र एलपी ग्यास प्रतिसिलिन्डर दुई सय ३५ रुपैयाँ बढाउने निर्णय गरेको थियो ।

गएरातिदेखि लागू भएको उक्त मूल्यअनुसार अब काठमाडौँमा एक लिटर पेट्रोलको मूल्य प्रतिलिटर १८२ रुपैयाँ पुगेको छ । यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १७० रुपैयाँ पुगेको छ । १६६० रुपैयाँमा उपलब्ध हुँदै आएको ग्यासको मूल्य पनि १८९५ रुपैयाँ पुगेको छ ।

 

इण्डियन आयल कर्पोरेशनबाट  मूल्य वृद्धि भएर आएकाले नेपालमा पनि पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरिएको निगमको भनाइ छ ।

निगमका अनुसार इण्डियन आयल कर्पोरेशनबाट पेट्रोल र डिजेलमा क्रमशः प्रतिलिटर रु तीन दशमलव १७ र रु दुई दशमलव ४८ तथा एलपी ग्यासको मूल्यमा प्रति सिलिण्डर रु एक सय ८६ दशमलव ४५ ले वृद्धि भएर आएको थियो ।
सामाजिक सञ्जालमा भने सरकारले मूल्यवृद्धि गरिरहेको भन्दै आलोचना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्