कञ्चनपुरमा प्रहरी हिरासतबाटै थुनुवा फरार

भदौ १४-कञ्चनपुर, कञ्चनपुरमा प्रहरीकै हिरासतबाट एक थुनुवा फरार भएका छन्। बुधवार राति ८ः३० बजे कञ्चनपुरको महेन्द्रनगरस्थित वडा प्रहरी कार्यालयको हिरासत कक्षबाट थुनुवा फरार भएका हुन्।

प्रहरीका अनुसार कञ्चनपुरको बेलौरी नगरपालिका–६ हात्तिबोझाका २६ वर्षीय विरेन्द्र बडायक प्रहरी हिरासतबाटै भागेका हुन्। बडायक ईलाका प्रहरी कार्यालय बेलौरीमा लागुऔषध सम्बन्धि मुद्दा दर्ता भई मिति साउनको १९ गतेदेखि वडा प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत कक्षमा थुनिएका थिए।

प्रतिक्रिया दिनुहोस्