भदौ १३-काठमाण्डाै, शेयर बजार आज बुधवार पनि घटेको छ । हिजो मङ्गलवार पाँच अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज दुई दशमलव ८२ अङ्कले घटेर एक हजार नौ सय ९० दशमलव ५९ विन्दुमा झरेको छ ।
आज होटल र व्यापार समूहबाहेक अरू सबै समूहको शेयर ओरालो लागेको छ । सबैभन्दा धेरै सिद्धार्थ इक्विटी फन्डको शेयर आठ प्रतिशत र महिला लघुवित्त वित्तीय संस्थाको शेयर छ प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि सिटी होटलको शेयर झन्डै १० प्रतिशतले बढेको छ ।
बजार घटे पनि कारोबार रकममा भने सुधार आएको छ । हिजो साढे ८६ करोड रुपैयाँको शेयर कारोबार भएकोमा आज ३८ लाख तीन हजार कित्ता शेयर एक अर्ब १३ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै माछापुच्छ्रे बैंकको १० करोड रुपैयाँको शेयर किनबेच भएको छ ।
प्रतिक्रिया दिनुहोस्