पाल्पाको जोर्तेमा गुडिरहेको स्कार्पियोमाथि पहिरो खस्दा ३ जनाको मृत्यु

भदौ १३-रुपन्देही, पाल्पाको जोर्तेमा गुडिरहेको स्कार्पियोमाथि पहिरो खसेको छ ।

गुल्मीदेखि बुटवलतर्फ आउँदै गरेको लु१ज ४६०० नम्बरको स्कार्पियो जोर्तेको उकालोमा पहिरोले च्यापेको हो ।

जीपमा सवारमध्ये पाँच जना घाइते भएका छन् । पहिरोमा च्यापिएका तीन जनालाई बाहिर निकाल्न नसकिएको र निकाल्ने प्रयास भइरहेको स्थानीयको भनाइ छ ।

जीपमा सवारमध्ये ८ जनाको उद्धार गरिएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय बुटवलले जनाएको छ। गाडीभित्र अझै २र३ जना च्यापिएको अवस्थामा रहेकाले निकाल्न नसकिएको प्रहरीले जनाएको छ ।

जेसीबी बोलाइ सकेको र जेसीबीले पहिरो हटाएर उनीहरूको उद्धार गरिने प्रहरीले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्