२० केजी चाँदीसहित दुई जना पक्राउ

भदौ १२-सिन्धुली, गोलन्जोर गाउँपालिका-५ खनियाखर्क बजारबाट करिब २० केजी चाँदीसहित २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको  छ ।

पक्राउ पर्नेहरूमा मोरङ विराटनगर महानगरपालिका-५ बस्ने रोहित कुमार यादव र सप्तरी राजविराज नगरपालिका-८ घर भई मोरङ विराटनगर महानगरपालिका-४ बस्ने ३७ वर्षीय शेचन मानन्धर रहेका छन् ।

प्रहरी चौकी गढीबाट खटिएको प्रहरीले विराटनगरबाट काठमाडौंतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०१-०२५ च १०६९ नम्बरको कारलाई जाँच गर्ने क्रममा चालक पछाडिको सिट मुनि ४ वटा प्लाष्टिकमा लुकाई छिपाई राखेको उक्त परिमाणको चाँदी फेला पारी चालक रोहितकुमार र कारमा सवार शेचनलाई पक्राउ गरेको हो ।

उनीहरूलाई थप आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्