सन्दीप लामिछाने आज पाकिस्तान जाने

भदौ ११-पाकिस्तान र श्रीलंकामा आयोजना हुन लागेको एसिया कप क्रिकेटका लागि सन्दीप लामिछाने आज जाने भएका छन् ।

 

अहिले केहीबेरमा सन्दीपलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्यसचिव टंकलाल घिसिङले विदाई गर्ने भएका छन् ।

काठमाडौं जिल्ला अदालतमा मुद्दा विचाराधिन रहेको र अन्तिम सनुवाईको तारिख परेका कारण सन्दीप एक साता अघि नेपाली टिमसँग पाकिस्तान गएका थिएनन् ।

तर, आइतबार उनको पेसी हेर्न नभ्याइने सूचीमा परेपछि आज एसियाकपका लागि पाकिस्तानको मुल्तान जान लागेका हुन् ।

जहाँ नेपाली टोली पुगिसकेको छ । सन्दीप ११ः२० को कतार एयरवेजमार्फत दोहा हुँदै पाकिस्तानको मुल्तानमा उत्रने छन् ।

सन्दीप एक्लै जाने छैनन् । उनको साथमा नेपाल क्रिकेट संघ क्यानले सुवास जयसवाललाई पनि पठाउने भएको छ ।

जयसवाल नेपाली क्रिकेट टिमसँग एसिस्टेन्ट म्यानेजरको रुपमा आवद्ध हुने क्यानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्