टीकापुरसहित अवैध लागूऔषधसहित ३ जना पक्राउ

भदौ ९- कैलालीमा लागुऔषधसहित एक जना पक्राउ परेका छन्।

जिल्लाको टीकापुर नगरपालिका–१ खडक चोक स्थित लम्की सडक खण्डबाट लागुऔषधसहित बर्दगोरीया गाउँपालिका–१ उत्तरमुडाका २५ वर्षीय योगेशबहादुर स्वार पक्राउ परेका हुन्।

उनी ६ ग्राम ६७० मिलिग्राम लागुऔषधसहित पक्राउ परेको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ।

सुर्खेत, भेरीगंगा नगरपालिका-५ स्थितबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ११ ग्राम ७ सय ७० मिलिग्रामसहित जुम्ला चन्दननाथ नगरपालिका-५ बस्ने २८ वर्षीय युवराज अधिकारीलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत ब्यूरोबाट समेत खटिएको संयुक्त टोलीले क.प्र.०२००१ ख ०१०२ नम्बरको गाडीलाई जाँच गर्ने क्रममा गाडीमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

झापा, भद्रपुर नगरपालिका-५ मेचीपुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १३ मिलिग्रामसहित सोही नगरपालिका-६ भानुनगर बस्ने २८ वर्षीय आकाश भुजेललाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट मेचीपुलबाट खटिएको प्रहरीले मे.६ प २६७५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक भुजेललाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्