बैतडीका हरिश चन्दको करेन्ट लागेर बुटवलमा मृत्यु

भदौ ९-बैतडी, बैतडीका हरिश चन्दको करेन्ट लागेर बुटवलमा मृत्यु भएके छ। बैतडीको सुर्नया गाउँपालिका २ कट्नोलीका ४३ वर्षीय चन्दको करेन्ट लागेर बुटवलमा मृत्यु भएको हो।

निर्माण कम्पनीमा विद्युतको काम गर्दै आएका चन्दको विद्युतकै काम गरिरहेका बेलामा करेन्ट लागेर बिहीवार मृत्यु भएको बताइएको छ। गौरा पर्वको समयमा चन्दको निधन भएपछि गाउँ नै शोकमा डुबेको छ। मृतक चन्दको घरमा श्रीमति, तीन छोरी र एक छोरा रहेका छन्। मृतकको दाहसंस्कार गरिसकिएको छ।

प्रतिक्रिया दिनुहोस्