अवैध लागूऔषधसहित दुई जना पक्राउ

भदौ ७-सर्लाही, कौडेना गाउँपालिका-२ लखनदेही पुल नजिकबाट अवैध लागूऔषध गाँजा करिब २ केजीसहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत सितामढी ग्राम पंचायत विशनपुर गोनाही-९ थाना सोनबर्षा बस्ने ३६ वर्षीय मनोज राय र भारत ग्राम पंचायत ईनर्वा पररिया टोल बस्ने ३७ वर्षीय प्रमोद राय रहेका छन् । ईलाका प्रहरी कार्यालय कौडेनाबाट खटिएको प्रहरीले बिआर ३० एएच ४३२६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्