भारतमा जन्मियो चार खुट्टा भएको बच्चा

भदौ ७-भारतको मध्य प्रदेशको विदिशाबाट एउटा अचम्मको घटना बाहिर आएको छ ।

जहाँ एक महिलाले चार खुट्टा भएको छोरीलाई जन्म दिएकी छन् । सुत्केरीपछि बालिकालाई देखेर डाक्टर पनि छक्क परे । यो घटना मण्डी बमौरा सामुदायिक स्वास्थ्य केन्द्रसँग सम्बन्धित छ। चार खुट्टा भएको छोरीलाई जन्म दिएकी महिलाका तीन छोरी छन् । महिलाको उमेर ३० वर्षको हाराहारीमा रहेको बताइएको छ ।
यस्तो केस एक लाखमा एक हुने चिकित्सक बताउँछन् । बालिकाको अवस्था नाजुक भएपछि उनलाई विदिशा मेडिकल कलेजमा रिफर गरियो र त्यहाँबाट पनि डाक्टरहरूले उनलाई एम्स पठाए।

प्रतिक्रिया दिनुहोस्