तीर्थयात्री बोकेको बस दुर्घटना हुदा सात जनाको मृत्यु, १८ जना घाइते

भदौ ७ -बारा,   बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२ चुरियामाई नजिकै बस दुर्घटना हुँदा सात जनाको ज्यान गएको छ भने १८ जना घाइते भएका छन् ।

भारतीय तीर्थयात्री बोकेको मधेस प्रदेश–०३–००१ ख ७९९४ नम्बरको बस पशुपतिनाथको दर्शन गरी काठमाण्डौबाट जनकपुर जाँदै गर्दा दुर्घटना हुँदा चार जना महिला र तीन जना पुरुष गरी ६ जना भारतीय नागरिक र एकजना नेपालीको ज्यान गएको बाराका प्रहरी प्रमुख होविन्द्र बोगटीले जानकारी दिनुभएको छ । घाइते १८ जनाको हेटौँडाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्