त्रिशूलीमा बस दुर्घटनामा मृत्यु हुनेको संख्या ९ पुग्यो, उद्दार कार्य जारी

भदौ  ६-धादिङको गजुरीमा भएको बस दुर्घटनामा ९ जनाको मृत्यु भएको छ ।

काठमाडौंबाट पोखरा जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस अनियन्त्रित भइ पृथ्वी राजमार्गको गजुरीनजिकै त्रिशूली नदीमा खसेपछि ९ जनाको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय गजुरीका अनुसार १५ जना बढी घाइतेको उद्दार गरिएको छ । म्याग्दी कोरला यातायातको बस बिहान सवा ११ बजे नदीमा खसेको थियो । दुर्घटनाका घाइतेहरूको गजुरी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनास्थलमा सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन सुरक्षा बेस आदमघाटबाट डीएसपीको कमान्डमा ६ जना र विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिन्टारबाट अर्का डीएसपीको कमान्डमा ८ जना गोताखोरसहित २६ जना सशस्त्र प्रहरीको टोली उद्धारमा खटिएको थियो ।

बसमा कति यात्रु थिए भन्ने ऐकिन भइसकेको छैन । त्रिशूली निकै बढेको र केही यात्रुलाई बगाएको हुन सक्ने आशंका गरिएको भए पनि ऐकिन नभएको उद्धारमा खटिएका प्रहरीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्