ज्योतिषीलाई डकैतीको शुभ समय सोधेर एक करोड बढीको लुटपाट

भदौ ५-भारतको महाराष्ट्रको पुणे जिल्लाको बारामतीबाट डकैतीको घटना बाहिर आएको छ ।

यहाँ पाँच डाँकाले ज्योतिषीलाई डकैतीको शुभ समय सोधेर एक करोडभन्दा बढीको सम्पत्ति लुटपाट गरेको आरोप छ । यहाँ जानकारी दिँदै एक प्रहरी अधिकृतले यस घटनामा ज्योतिषीसहित पाँच डाँकालाई पक्राउ गरिएको बताए । सागर गोफने सहरबाहिर गएको अवस्थामा पाँचजना डाँका घरमा पसेका प्रहरी अधिकृतले बताए ।

प्रतिक्रिया दिनुहोस्